सदस्य सेवा, सन्तुष्टि र केन्द्र व्यवस्थापन सम्बन्धि कार्यक्रम सम्पन्न
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्था लि रामपुर पाल्पाले सदस्य सेवा सन्तुष्टि तथा केन्द्र व्यावस्थापन सम्वन्धि अन्तरक्रियात्मक गोष्ठि संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दे संस्थाका व्यावस्थाक दिपेन्द्र प्रसाद पौड्ेलले महिलाहरुलाई आर्थिक रुपमा सशक्तिकरण तथा आत्मनिर्भर गराउने उद्देश्यले यस सस्थाले २०६४ साल देखि लघुवित्त कार्यक्रम सञ्चालन गरेसँगै आजसम्म आईपुग्दा कुन कुन पक्षहरुमा सदस्यहरुको परिर्वतन आएको छ तथा केन्द्र व्यावस्थापनमा देखिएका विद्ममान मुख्य समस्या तथा चुनौतिहरु के के छन भन्ने बिषयहरुको वास्तविकता वुझनको लागी यस कार्यक्रमको आयोजना गरीएको जानकारी गारउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव ओम प्रकाश वस्याल तथा सञ्चालक समिति सदस्य लक्ष्मीदेवि ढकालले सदस्यहरुको सफलतानै संस्था सफलताको आधार भएको भन्दै यस सस्था आज यस अवस्थासम्म आईपुुग्न तपाईहरुको ठुलो हात रहेको वताउनुभयो । तपाईहरुले दिनुभएको राय सुझाव, तथा सल्लाहहरु हाम्रा लागी मर्गर्दशन हुने भन्दै भालिका दिनहरुमा त्यसलाई निति तथा कार्यक्रममा समेटिने जानकारी गराउनुभयो ।
सदस्यहरुले आजसम्म लद्मुवित्त केन्द्र व्यावस्थापनमा वस्दा आईपरेका विभिन्न समस्या,आ;आफ्ना अनुभव, प्रतिकृया तथा प्रश्नहरु माथि सदस्यहरुको जिज्ञासा मेटाउदै सस्थाका व्यावस्थापक दिपेन्द्र प्रसाद पौडे्लले निश्चिन्त भएर ढुक्क सँग आर्थिक कारोवार गर्ने आग्रह गर्नुभयो । सानो सानो वचत रकम भोलि भविश्यको पुजि निर्माणको आधार वन्ने भन्दै अनावश्यक र अनुत्पादक क्षेत्रहरुमा ऋण नलिनको लागि आग्रह गर्नुभयो ।
संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले सदस्यहरुको सामाजिक आर्थिक र सास्कृतिक पक्षहरुमा परिर्वर्तन ल्याउने उद्देश्यले लद्मुवित्त कार्यक्रम सञ्चालनमा ल्याएपनि यसमा पुर्णरुपमा सफलता प्राप्त गर्न नसकिएको भन्दै आगामि दिनहरुमा सदस्यहरुलाई विभिन्न पेशा,व्यावसाय जोडदै, उद्ममी वनाउदै उनिहरुको आर्थिक अवस्थालाई अझ मजवुद वनाउदै लग्ने खालका कार्यक्रमहरु ल्याईने जानकारी गराउनुभयो ।
कार्यक्रममा लद्मुवित्र केन्द्र समुहमा आवद्ध १४ वर्ष पुरा भएका केन्द्र नँ १५ देखि ३० सम्मका ७५ जना महिला सदस्यहरुको सहभागिता रहेको कार्यक्रम सस्थाको आफ्नै सभाहलमा सञ्चालन भएका थियो । कार्यक्रमको सञ्चालन सस्थाका ऋण अधिकृत रामचन्द्र ढुङ्गानाले गर्नुभएको थियो ।